- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
उजुरीमा विदेशी नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्यागेको हुनुपर्ने र विदेशी नागरिकता त्यागेपछि पुन: नेपाली नागरिकता लिनुपर्ने उल्लेख गरिएको छ । उनीहरूले पहिले नै बदर भइसकेको नेपाली नागरिकता पेश गरेर लामिछानेले उम्मेदवारी दर्ता गराएको उजुरीमा उल्लेख गरेका छन् ।
लामिछाने विरुद्ध आयोगमा उजुरी परे लगत्तै निर्वाचन आयोगले आवश्यक कारबाहीका लागि चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गरेको छ । आयोगमा उजुरी पर्ने बित्तिकै आवश्यक कारबाहीका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्राचार गरिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
आयोगले पठाएको पत्र चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझिसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले आयोगले पठाएको पत्र आफूले प्राप्त गरिसकेको बताउँदै आवश्यक कारबाही प्रक्रियामा गइसकेको र भोलि नै लामिछानेलाई स्पष्टीकरण सोध्ने बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुसार भोलि नै लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधिने छ । ७ दिन भित्र लामिछानेले आफ्नो स्पष्टीकरण पेश गर्नेछन् । उनले पेश गरेको स्पष्टीकरणसँगै त्यससँग सम्बन्धित प्रमाण बुझेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्राचार गर्नेछ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments