- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काभ्रेपलान्चोक जिल्लाको पाँचखल नगरपालिकामा रहेको ऐतिहासिक प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिर क्षेत्रमा भक्तजनहरूले साँढे बोका छाडा छाड्न रोक लगाइएको छ ।
पलाञ्चोक मन्दिर क्षेत्रमा छाडिएका साँढे बोकामा पिपिआर रोग देखिएपछि वडा कार्यालयले मन्दिरमा साँढे बोका छाड्न अर्को सूचना जारी नहुँदासम्म रोक लगाएको हो । वडा अध्यक्ष रामकाजी श्रेष्ठले जारी गरेको सूचनामा मन्दिरमा छाडिएका बोकाहरूमा गम्भीर प्रकृतिको संक्रामक रोग पिपिआर देखा परेकाले तत्कालका लागि बोका छाड्न रोक लगाइएको उल्लेख गरिएको छ । सूचनामा साँढे छाडिएका बोकाहरूमा गम्भीर प्रकृतिको संक्रमक रोग पिपिआर देखा परेकाले तत्कालका लागि बोका छाड्न रोक लगाइएको जानकारी गराइएको छ ।
वडा कार्यालयबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरुले साँढे बोका छाडा रुपमा छोड्ने प्रचलन रहेकोले देशका विभिन्न क्षेत्रबाट बोकाहरु ल्याइ छाडिएको साँडे बोकाहरुमा पि.पि.आर लगायत अन्य सरुवा रोग देखापरेको हुँदा स्थानीय अन्य घरपालुवा बाख्राहरुमा पनि रोग सर्ने जोखिम रहेको कारण छाडा रुपमा साँडे बोका छोड्ने कार्य रोक्नको लागी सम्बन्धित सबैलाई यो सुचना प्रकाशित गरिन्छ ।’
मन्दिर क्षेत्रमा उक्त रोगका कारण बिगत केही दिन यता १२ वटा बोका मरिसकेको र रोग पहिचान गरी रोग थप फैलन नदिन १३ वटा बोकालाई भ्याक्सिन लगाइएको छ ।
साँढे बोका जताततै पुग्ने भएकाले ती बोकामा देखिएको उक्त रोग घरपालुवा बाख्रा तथा बोकाहरूमा पनि सर्न सक्ने भएकाले तत्कालका लागि पलाञ्चोक भगवती मन्दिरमा त्यस्ता बोका छाड्न रोक लगाइएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
पिपिआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी घातक मानिन्छ ।

-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments