- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितहरूकाे राहत तथा उद्धारका लागि एमालेको चिकित्सकसहितको टोली जिल्लाका दुर्गम गाउँ पुगेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यका अनुसार चिकित्सकसहितको टोलीले भूकम्प प्रभावितहरूलाई राहत प्रदान गर्दै मनोपरामर्शसमेत दिन सुरु गरेको छ । विनाशकारी भूकम्पमा आफ्नो श्रीमान् गुमाएर विक्षिप्त अवस्थामा भएकी नलगाड नपगरपालिका–३ की यमुना पुनले भूकम्प गएको तीन दिन बित्दासमेत सरकारी उपस्थिती नभएकोमा गाउँमा आउने टोली एमालेको पहिलो भएको बताइन् ।
अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहेका चिकित्सक डा सुरज कडरियासहितको टोलीले भूकम्प प्रभावितहरूको स्वस्थ्य परीक्षण गरेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।
जाजरकोटमा सबैभन्दा बढी मानवीय क्षति भएको नलगाड नगरपालिकाका विभिन्न वस्तीमा पुग्ने टोली एमालेको पहिलो भएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments