Loading...
Logo
Image

राहत तथा उद्धारका लागि चिकित्सकसहित एमालेको टोली जिल्लाका दुर्गम गाउँ पुग्यो

जाजरकोटको रामिडाँडालाई केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितहरूकाे राहत तथा उद्धारका लागि एमालेको चिकित्सकसहितको टोली जिल्लाका दुर्गम गाउँ पुगेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यका अनुसार चिकित्सकसहितको टोलीले भूकम्प प्रभावितहरूलाई राहत प्रदान गर्दै मनोपरामर्शसमेत दिन सुरु गरेको छ । विनाशकारी भूकम्पमा आफ्नो श्रीमान् गुमाएर विक्षिप्त अवस्थामा भएकी नलगाड नपगरपालिका–३ की यमुना पुनले भूकम्प गएको तीन दिन बित्दासमेत सरकारी उपस्थिती नभएकोमा गाउँमा आउने टोली एमालेको पहिलो भएको बताइन्  । 

अनेरास्ववियूका केन्द्रीय सदस्यसमेत रहेका चिकित्सक डा सुरज कडरियासहितको टोलीले भूकम्प प्रभावितहरूको स्वस्थ्य परीक्षण गरेको एमाले केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।  

जाजरकोटमा सबैभन्दा बढी मानवीय क्षति भएको नलगाड नगरपालिकाका विभिन्न वस्तीमा पुग्ने टोली एमालेको पहिलो भएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए । 

Comments

KATHMANDU WEATHER