Loading...
Logo
Image

पहिचानवादी नेता गोपाल किराँतीसहित १० जना हलेसीबाट पक्राउ

नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो । 

संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरू राजेश राई, विजय राई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको किरात राई यायोक्खाले जनाएको छ । 

कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताए । डीआईजी बाँस्तोलाका अनुसार बाटोमा रुख ढाल्ने, ढुंगा हान्ने जस्ता गतिविधि गरेर आतंक फैलाउने काम भएपछि यसको नेतृत्व गरेका किरातीलाई नियन्त्रणमा लिइएको हो । 

Comments

KATHMANDU WEATHER