- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो ।
संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरू राजेश राई, विजय राई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको किरात राई यायोक्खाले जनाएको छ ।
कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताए । डीआईजी बाँस्तोलाका अनुसार बाटोमा रुख ढाल्ने, ढुंगा हान्ने जस्ता गतिविधि गरेर आतंक फैलाउने काम भएपछि यसको नेतृत्व गरेका किरातीलाई नियन्त्रणमा लिइएको हो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments