- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा चिसो बढेको छ । चिसो बढेसङै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो ।
नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि माैसम सामान्यतया सफा रहेको छ ।
आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो ।
आज दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशकापहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Comments