Loading...
Logo
Image

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बस्दै

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे काठमाडाैंमा बस्ने जनाइएको छ । नेता शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्न लागेका हुन् । 

उनले समूहकाे नेतृत्वकर्ता मध्येका अर्का नेता महामन्त्री गगन थापासँग सल्लाह नगरी बैठक राखेका थिए । तर साेमबार थापा र काेइरालाबीच तीन घण्टासम्म भएकाे छलफलपछि हिजै बस्ने भनिएकाे बैठक एक दिन सारेर आज बस्न लागेकाे हाे । आजकाे बैठकमा महामन्त्री गगन थापा पनि सहभागी हुने भएका छन् । 

Comments

KATHMANDU WEATHER