- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि कर्मचारी माग गरेको छ । आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको हो ।
आयोगले सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन माग गरेकाे छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो ।
आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ । निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments