Loading...
Logo
Image

काठमाडौं आएको एयर अरेबियाको शौचालयमा नवजात शिशु मृत फेला

यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।

आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । उनका अनुसार  प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ ।

विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो ।

जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।

Comments

KATHMANDU WEATHER