Loading...
Logo
Image

नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा रामु पौडेल

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् ।

एनसीएचएलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गर्ने सर्व–सम्मत निर्णय गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पौडेलले एक औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग शपथ ग्रहण गरेका छन् । रामु पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ । 

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।

Comments

KATHMANDU WEATHER