Loading...
Logo
Image

उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेपछि उडान रोकियो

पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेपछि उडान रोकिएको छ ।

बिहान ९ बजेर ४० मिनेटमा काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको हो ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

Comments

KATHMANDU WEATHER