Loading...
Logo
Image

धनुषाको हंसपुर प्रहरी चौकी तोडफोड, गोली लागेर एकजना घाइते

धनुषाको हंसपुर नगरपालिका-५ मा दुई समूहको विवादपश्चात एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् । 

स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो  । स्थानीयहरूले प्रहरी चौकी  घेराउ गरेर नाराबाजी तथा आगजनीको प्रयास गरेपछि प्रहरीले  स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर गरेको थियो ।

प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् । हंसपुर नगरपालिका-५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । तर, ६५ वर्षीय मण्डल नै कुटिएका थिए । उपचारको क्रममा उनको मृत्यु भएपछी  मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् । 

प्रहरीले भने चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताएको छ । 

मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

Comments

KATHMANDU WEATHER