- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
धनुषाको हंसपुर नगरपालिका-५ मा दुई समूहको विवादपश्चात एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् ।
स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । स्थानीयहरूले प्रहरी चौकी घेराउ गरेर नाराबाजी तथा आगजनीको प्रयास गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर गरेको थियो ।
प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् । हंसपुर नगरपालिका-५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । तर, ६५ वर्षीय मण्डल नै कुटिएका थिए । उपचारको क्रममा उनको मृत्यु भएपछी मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकी तोडफोड गरेका छन् ।
प्रहरीले भने चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताएको छ ।
मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments