- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल प्रहरीले सम्पर्कविहीन आफ्ना २१ जना कर्मचारीहरुलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गरी बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन भनेको हो ।
प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको जानकारी दिएको छ।
आफूखुसी कार्यालयमा हाजिर नभएकाहरुमा पर्साका रम्भु राम, तेह्रथुमका सुदीप लिम्बु, ओखलढुंगाका विनोद बस्नेत, बर्दियाका प्रेम बहादुर चौधरी, मोरङका मुकेश कुमार मण्डल, दोलखाका रमेश पोखरेल, मकवानपुरका बुद्धबल तामाङ र काभ्रेका रुपक केसी, दाङका राजु चौधरी र मायाराम चौधरी, सल्यानका धर्मराज वली, रुपन्देहीका मिलन भट्टराई, उदयपुरका निर्जन थापामगर, संखुवासभाका यलम्बर राई, रौतहटका महेश साह, बागलुङका राजेन्द्र परियार, दैलेखका लोकेन्द्रबहादुर थापा, जाजरकोटका टोपबहादुर सिंह, डोटीका लक्ष्मणबहादुर थापा, मोरङका रन्जित कुमार राम र जाजरकोटका टेकबहादुर खड्कामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।
सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी पनि उनीहरूलाई दिइएको छ ।
पछिल्लाे समय नेपाल प्रहरीमा कार्यरत तल्लाे दर्जाका कर्मचारीहरूले जागिर छाेड्ने क्रम बढेकाे छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments