Loading...
Logo
Image

काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु

काठमाडौं-ल्हासा सिधा हवाई उडान सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौं-ल्हासा सीधा हवाई उडानको उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल-चीन सम्बन्धमा काठमाडौं-ल्हासा सिधा हवाई उडान दोस्रो सेतुकोरुपमा स्थापित भएको बताए ।

मन्त्री किराँतीले  यो उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गरे । तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने भन्दै मन्त्री किराँतीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Comments

KATHMANDU WEATHER