Loading...
Logo
Image

जेलबाट छुटेपछि पहिलोपटक बालकृष्ण खाण सानेपा पुगे

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेपछि धरौटीमा रिहा भएका बालकृष्ण खाण पहिलो पटक सानेपामा पुगेका छन्।

कांग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पूर्वगृहमन्त्री समेत रहेका खाण सानेपा पुगेका हुन्।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनी पहिलो दिन भने उपस्थित भएनन् ।

हिजो बैठकमा भने खाण गएका थिएनन्। खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए। खाण थुनामा हुँदा संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।

पुर्पक्षका लागि खाँण थुनामा रहेपछि उनले पार्टीबाट निलम्बन गर्नुपर्ने र गर्नहुन्न् भन्ने दुई धार देखिएको थियो । संस्थापन पक्षका नेताहरु खाँणलाई निलम्बन गर्न नहुने तर्क राख्दै आएका थिए । पार्टीले खाँणलाई निलम्बन गरेन ।

Comments

KATHMANDU WEATHER