Loading...
Logo
Image

ईपीएस आन्दोलनकारीले मन्त्री प्रकाश ज्वालालाई निकालेर गाडीमा आगो लगाए

ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन् ।

बालकुमारी-सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।

मन्त्री ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरुले गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगजनी गरेका हुन् ।

 

Comments

KATHMANDU WEATHER