Loading...
Logo
Image

देशभर पश्चिमी वायुकाे प्रभाव सामान्य, तराईमा हुस्सु तथा कुहिरो

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

तराईमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी  भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । 

Comments

KATHMANDU WEATHER