Loading...
Logo
Image

राष्ट्रियसभाका लागि कांग्रेस मधेशबाट सात जनाको नाम सिफारिस

राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले विभिन्न जिल्लाबाट ७ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस मधेश प्रदेशको आइतबार बसेको बैठकले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरूको सुझावअनुसार सात जनाको नाम केन्द्रीय कार्यालयमा पठाएको हो ।

सूचीमा धनुषाबाट आनन्द प्रसाद ढुंगाना, बाराबाट फरमुल्लाह मंसुर, सर्लाहीबाट नागेन्द्र कुमार, बाराबाट राधेचन्द्र यादव, महोत्तरीबाट रामचन्द्र तिवारी, पर्साबाट रजिन्द्रबहादुर अमात्य र रौतहटबाट हृदयनारायण यादवको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिएको छ ।

Comments

KATHMANDU WEATHER