- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेका छन् ।
सांसद राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन् ।
'मन्त्रीज्यू राजीनामा दिनुस् । युवालाई ताकीताकी गाेली हान्ने ? ठाउको ठाउँ गोली हान्न मिल्छ ? मान्छे मार्न पाइन्छ ? मान्छे मार्न पाइँदैन', उनले भने- घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्यो । अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्यो नि ! विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?
‘तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तपाईंले तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने ।
राजीनामा नदिए सरकारले अहिले बनाएको जाँचबुझ आयोग पनि काम गर्न नसक्ने उनको भनाइ छ । ‘राजीनामा आयो भने आयोगले ठीक ठङ्गले काम गर्न सक्छ,’ उनले भने ।
'मन्त्रीले हिँड भनेपछि पीएसओ हिँड्छ । तलकोलाई कारबाही गर्ने ? माथिकोलाई कारबाही गर्नुस् । राजीनामा दिनुस् खुरुक्क', उनले भने ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments