- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।
मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।
राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए । अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments