Loading...
Logo
Image

राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया गएका छन् ।

प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा उनी त्यहाँ गएका हुन् । मलेसियामा हुने समाजको भेलालाई सम्बोधन गर्ने र त्यहाँका नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

 अध्यक्ष  लिङ्देन भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ ।

मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने किराती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन तथा जनवरी ७ तारिखमा होटल ग्रान्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्ने जनाइएकाे छ ।

मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली सङ्घसंस्था, नेपाली राजदूतावासलगायत सरोकारवालासँग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।

अध्यक्ष लिङ्देन यही पुस २४ गते स्वदेश फर्किने छन् । 

Comments

KATHMANDU WEATHER