- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पुरन थापाको लेखन, निर्माण र निर्देशनमा तयार भैरहेको चलचित्र ‘फेरि–फेरि’को ८५ प्रतिशत छायांकन सकिएको छ । कमेडी कथामा तयार भैरहेको यो चलचित्रको छायांकन माघको तेश्रो सातादेखि सुरु भएको थियो । चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, पुरन थापा, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको अहिले एक्सनको दृश्यको छायांकन भैरहेको छ । क्लाइमेक्सका लागि करिब १० दिन लागेको पुरनले जानकारी दिए । उनले गुणस्तरिय चलचित्र बनाउन कुनै कसर बाँकी नराखेको समेत स्पष्ट पारे । गीतको छायांकन बाँकी रहेको उनको भनाई थियो । ‘फेरि फेरि’को काठमाण्डौ भित्रका दृश्य खिचिसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्मका दृश्य कैद गर्ने योजना निर्माणपक्षको छ ।
कलाकार अर्पण थापाले विगतका चलचित्रमा भन्दा फरक भूमिका रहेको सुनाए । नायिका शर्माले आफूले बिगतका चलचित्रमा बिभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै यो चलचित्रमा पनि नौलो चरित्र निर्वाहा गरेको बताइन् । सुरुदेखि अन्तिमसम्म चलचित्र निकै रमाइलो बनेको दाबी ऋचाले गरेकी छिन् । सुरेश बज्राचार्यको छायांकन रहेको चलचित्रलाई दशैंसम्म रिलिज गर्ने योजना निर्माणपक्षको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments