- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पशुपतिनाथ परिसरमा स्तनपान कक्ष निर्माण गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपानकक्ष निर्माण गरेको हो ।
मन्दिरको मूल द्वारको देब्रेतर्फ रहेको सत्तललाई मर्मत गरी स्तनपान कक्ष बनाइएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए ।
स्तनपान गराउने उमेर समूहका बालबालिकासहित दर्शनमा पुगेका महिलाहरूले मन्दिर परिसरको बाहिर नै बसेर स्तनपान गराउँदै आएका थिए ।
उनीहरूलाई सहज होस् भनी आफूहरूले दुई वटा सोफा, लिटो खुवाउन आवश्यक तातोपानीसहित स्तनपान कक्षको व्यवस्था गरिएको उनले जानकारी दिए । स्तनपान कक्षमा आमा र बालबालिका बाहेक पुरुष व्यक्ति छिर्न नमिल्ने नियम बनाइएको छ । भने बालबालिकाको डाइपर फेर्न मिल्नेगरी डस्टविन तथा लिटो खुवाउन चिसो तातो पानीको पनि व्यवस्था गरिएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments