Loading...
Logo
Image

उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात, तराईका अधिकांश भागमा हुस्सु

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले बिहान कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ । 

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा दिउँसो र राति हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

Comments