- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक मार्फत सो कुराको जानकारी दिनु भएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई आजै डिस्चार्ज गरिने उहाँको उपचारमा संलग्न डा. दिव्या सिंहलाई उद्धृत गर्दै थापाले आधिकारी फेसबुक एकाउण्ट मार्फत जानकारी गराउनु भएको हाे ।
अस्पतालमा भर्ना भएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल जानुभएको छ ।
प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना भएपछि प्रचण्ड उहालाई भेट्न पुग्नुभएको हो । प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड बिहान साढे ११ बजेतिर महाराजगञ्ज पुग्नुभएको हो । ओली र प्रचण्डबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र कोरोना भाइरसको महामारीबारे झन्डै आधा घन्टा कुराकानी भएको थियो ।
मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार मध्यरातमा अस्पतालमा लगिएको थियो । अहिले उहाको स्वास्थ्य अवस्था सामान्य रहेको र शुक्रबार साँझसम्ममा डिस्चार्ज गरिने चिकित्सकहरूले बताएका छन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments