Loading...
Logo
Image

टुँडिखेलमा राखेको धरहरा बनाउने ठेकेदारको सामान महानगरले हटायो

काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा निर्माण गर्ने कम्पनीले टुँडिखेलभित्र राखेको निर्माण सामग्री हटाएको छ ।

नगरप्रहरीले टुँडिखेलको शहिदगेट तर्फ राखिएको मेसिन, डोजर, पेट्रोल ट्याङ्क, मजदुर बस्ने टहरा भत्काएको हो । ठेकेदारले लामो समयदेखि ठाउँ कब्जा गरेर राखेको सामग्री हटाएको महानगरपालिकाले जनाएको छ । 

ठेकेदारले राखेका सामान हटाउन करिब एक सय नगर प्रहरी खटिएका थिए । धरहरा निर्माण सुरु भएदेखि नै यहाँ ठाउँ ओगटेर बसिरहेका र बारम्बार हट्न भन्दा नहटेपछि बल प्रयोग गरेर हटाइएको हो ।  गत असारमा धरहरा निर्माण कम्पनी रमन कन्सट्रक्सनलाई टुँडिखेलमा राखेका सामान हटाउन भनेपनि दसैंसम्मको समय माग गरेको थियो । दसैंसम्म समय माग गरे पनि निर्माण कम्पनीले नटेरेपछि आज डोजर लगाइएको महानगरपालिकाले जनाएको छ । 

Comments

KATHMANDU WEATHER