# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा निर्माण गर्ने कम्पनीले टुँडिखेलभित्र राखेको निर्माण सामग्री हटाएको छ ।
नगरप्रहरीले टुँडिखेलको शहिदगेट तर्फ राखिएको मेसिन, डोजर, पेट्रोल ट्याङ्क, मजदुर बस्ने टहरा भत्काएको हो । ठेकेदारले लामो समयदेखि ठाउँ कब्जा गरेर राखेको सामग्री हटाएको महानगरपालिकाले जनाएको छ ।
ठेकेदारले राखेका सामान हटाउन करिब एक सय नगर प्रहरी खटिएका थिए । धरहरा निर्माण सुरु भएदेखि नै यहाँ ठाउँ ओगटेर बसिरहेका र बारम्बार हट्न भन्दा नहटेपछि बल प्रयोग गरेर हटाइएको हो । गत असारमा धरहरा निर्माण कम्पनी रमन कन्सट्रक्सनलाई टुँडिखेलमा राखेका सामान हटाउन भनेपनि दसैंसम्मको समय माग गरेको थियो । दसैंसम्म समय माग गरे पनि निर्माण कम्पनीले नटेरेपछि आज डोजर लगाइएको महानगरपालिकाले जनाएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments