Loading...
Logo
Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।  

प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेका अनुसार अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको हो ।  

Comments

KATHMANDU WEATHER