Loading...
Logo
Image

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

नेपाली सांगीतिक जगत्‌का एक मूर्धन्य गायक याेगेश वैद्यकाे निधन भएकाे छ । 

लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका उनी पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत झेलिरहेका थिए ।

गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकोमा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । २००३ मा नरदेवीमा जन्मिएका वैद्यको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

Comments

KATHMANDU WEATHER