Loading...
Logo
Image

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।

पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर उच्च अदालत पाटनले पुनको नियुक्ति बदर गरिदिएकाे हाे ।

कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार पुनलाई कार्यकारी निर्देशक बनाउने कोषको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । पुन पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् । 

पुनको नियुक्तिको विषयमा संसदीय समितिले पनि प्रश्न उठाएको थियो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पुनकाे नियुत्तिको कागजात मागेको थियो । 

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।

Comments

KATHMANDU WEATHER