- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लागेको छ ।
दिउँसो १२ः२० बजेदेखि सुरु हुने भव्य अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी छन् ।
प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबारबाट राम मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने छ ।
यता जनकपुरधाममा आज उत्सवको माहोल देखिएको छ । जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, हनुमान मन्दिर लगायतका स्थानमा भजन-कीर्तन चलिरहेका छन् । जानकी मन्दिरमा आज साँझ एक लाख २५ हजार दिप बाल्ने तयारी गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले नगरबासीलाई दीपावली गर्न भनेका छन् ।
जनकपुरधामका थुप्रै घरमा श्रीराम र हनुमान अंकित झण्डा ठड्याइएको देख्न सकिन्छ । घर, पसल र सडकहरु सिंगारिएको छ । सडकमा गुड्ने प्रायः सवारी साधनमा श्रीराम अंकित झण्डा लगाएको छ । नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठको अवसरमा जनकपुरधामबाट अयोध्यासम्म विशेष रेल संचालन हुने भएको छ ।
आज अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको शुभमुहूर्त मात्र ८४ सेकेण्डको छ । दिउँसो १२ बजेर २९ मिनेट ८ सेकेण्डदेखि १२ बजेर ३० मिनेट ३२ सेकेण्डसम्म छ ।
शुभमुहूर्त काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेका हुन् । यही शुभमुहूर्तमा रामललाको प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । यसका लागि १२१ वैदिक आचार्यलाई जिम्मेवारी सुम्पिएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments