Loading...
Logo
Image

बन्द गराउँदै हिँडेका आजपाका कार्यकर्ता पक्राउ

आज मधेश बन्दको घोषणा गरेको आम जनता पार्टीका ११ जना नेता तथा कार्यकर्तालाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिएको छ ।

आजपाले विभिन्न माग राख्दै राष्ट्रियसभा चुनावको दिन मधेश बन्दको आह्वान गरेको थियो । आफ्नो पार्टीका ११ जना नेतालाई बिनाकारण प्रहरीले पक्राउ गरेको आजपाले जनाएको छ ।

ईलाक प्रहरी कार्यलय चन्द्रनिगाहपुरले बन्द गराउँदै हिँडेका ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी बन्द गराउँदै हिँड्ने २३ जना नेता-कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।

Comments

KATHMANDU WEATHER