- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।
वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेको हवाला दिंदै १० दिनभित्र सबै रुख काट्न निर्देशन जारी गरेका छन् ।
वडाध्यक्ष पाण्डेले तत्कालीन लामाचौर-पुरञ्चौरको घार्मीडाँडा क्षेत्रमा वनजंगल बढी भएको र मानव बस्ती कम हुँदा बाँदरले दु:ख दिएको बताए ।
उनले सूचनामा भनेका छन्, ‘…आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ ।’
वडाध्यक्ष पाण्डेले उक्त अभियानअन्तर्गत आफ्नो पुर्जामा भएको रुखमात्रै काट्न भनिएको प्रष्टीकरण दिएका छन् । यद्यपि, उनले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छैन । ‘सबै भएभरको काट्ने भनेको होइन । आफ्नो पुर्जामा भएको काट्न वन कार्यालयले पनि केही गर्दैन,’ उनले भने ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments