- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एकीकृत समाजवादीको पदाधिकारी संख्या १९ सदस्यीय हुने भएको छ । त्यस्तै केन्द्रीय कमिटी भने १९९ सदस्यीय बनाइने भएको छ ।
यही १४ र १५ माघमा बसेको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरू सम्बन्धित पार्टी कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने पनि एकीकृत समाजवादीको निर्णय छ । त्यस्तै सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ ।
नेकपा एसले ७५ देखि ९९ सदस्यीयसम्मको प्रदेश कमिटी बनाउने भएको छ भने प्रदेश पदाधिकारीको संख्या ७ रहने छ । त्यस्तै प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा ५५ सदस्यीय जिल्ला कमिटी हुनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कमिटीमा थप तीन जना सदस्य रहनेछन् । जिल्ला कमिटीका पदाधिकारीहरू भने ७ जना रहनेछन् । त्यस्तै ४५ सदस्यीय पालिका कमिटी गठन गर्ने र पाँच भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप गर्ने भएका छन् । वडा कमिटी बढीमा ३५ जनाको बनाउने नेकपा एसको निर्णय छ ।
नेकपा एसले पार्टीका सबै कमिटीहरूमा युवाको प्रतिनिधित्व २० प्रतिशत बनाउने पनि निर्णय गरेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments