# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
उच्च अदालत पाटनका न्यायाधीश मात्रिकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भएको छ ।
मंगलबार बिहान हृदयाघातका कारण ५६ वर्षीय न्यायाधीश मरासिनीको निधन भएको हो । काठमाडौंको कलंकीमा बस्दै आएका मरासिनी पेशी तय भएपछि कार्यालय आउने तयारी गरिरहेका बेला बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएको थियो । लगत्तै उनलाई उपचारका लागि कलंकीस्थित नेसनल अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए।
२०२४ जेठ २८ गते स्याङ्जामा जन्मिएका उनी २०५० साउन १ गते न्याय सेवामा प्रवेश गरेका थिए । उनी २०७० जेठ २७ गते जिल्ला न्यायाधीश नियुक्त भएका थिए ।
न्यायाधीश मरासिनी सरुवा भएर दुई दिनअघि मात्रै पाटन उच्च अदालत हाजिर भएका थिए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments