Loading...
Logo
Image

मधेशमा जनमतले गर्‍यो प्रमुख प्रतिपक्षी दलको दाबी

मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित  मान्यता दिन माग गरेको छ ।

जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ ।

अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । २४ सांसद भएको सबभन्दा ठूलो दल एमाले सरकारमा सहभागी छैन तर समर्थन दिएको छ ।

तर जनमत पार्टी सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । 

Comments

KATHMANDU WEATHER