- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले कोशी, मधेश र बागमती प्रदेशमा बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज देशभर बदली रही कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने बुधबार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments