Loading...
Logo
Image

आज पनि देशका केही भागमा छिटपुट वर्षा हुन सक्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले कोशी, मधेश र बागमती प्रदेशमा बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज देशभर बदली रही कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मंगलबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने बुधबार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।

Comments

KATHMANDU WEATHER