Loading...
Logo
Image

भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा झण्डै २ करोड नक्कली नोट बरामत

सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शङ्कास्पद अवस्थाको स्कारपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाई ल्याइएको नक्कली नोटहरू बरामद भएको एसपी रेग्मीको भनाइ छ ।

स्कारपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो ।

Comments

KATHMANDU WEATHER