- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
आजदेखि बुटवलमा सुरु हुने राष्ट्रिय प्रांगारिक कृषि मेला २०८० निःशुल्क अवलोकन गर्न पाइने भएको छ । फागुन १० गते बाट १४ गतेसम्म बुटवल १२ रामनगरमा रहेको प्रदर्शनी केन्द्रमा बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मेला आयोजना गरिएको छ ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मेलामा निःशुल्क अवलोकनको व्यवस्था गरिएको जानकारी दिए । २० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको र यस पटकको मेलालाई असल कृषि अभ्यासको रुपमा लिइएको अर्यालको भनाई रहेको छ । मेलामा १०० वटा स्टलको सहभागिता छ ।
प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिने साथै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना अभिबृद्धि गर्ने, प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धति अपनाउन कृषकहरुलाई जागरुक बनाउने मेलाको उदेश्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।
यस्तै उपभोक्ता वर्गमा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी अवलोकनकर्ता कृषक० लाई दिई आधुनिक कृषि उत्पादन सम्बन्धी प्रविधि हस्तान्तरण गर्ने, असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुयाउने साथै प्रयोगका लागि जनचेतना फैलाउने समेत मेलाको उदेश्य रहेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments