Loading...
Logo
Image

संखुवासभाको माथिल्लो क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

संखुवासभाको माथिल्लो क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासीले बताएका छन्।

स्थानीयका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र  मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।

Comments

KATHMANDU WEATHER