Loading...
Logo
Image

पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक बजारमा आउने

नेपाली इतिहास, संस्कृति र पुरातत्वका विविध क्षेत्रको अनुसन्धानमा सक्रिय विद्वान् महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन् । पुस्तक पब्लिकेसन नेपालयबाट यही पुस २७ मा पृथ्वी जयन्तीका दिन बजारमा आउने भएकोछ ।

नेपालको आधुनिक इतिहास निर्माण गर्ने श्रेय पाएका राजा पृथ्वीनारायण शाहका कदम एवं भूमिकाबारे विभिन्न पाटोबाट चर्चा परिचर्चा चलिरहेकै छ । इतिहास उत्खनन र त्यसको तथ्यसंगत पुनर्लेखनमा राणाकालदेखि नै सक्रिय मुलुककै अग्रणी संस्था संशोधन मण्डललाई नेतृत्व दिँदैआएका पन्तले यो पुस्तक तयार पारेका हुन् । यसमा पन्तले झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी अटाएका छन् । पन्तले २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनौट गरिएका ११ लेखको विस्तारित–परिमार्जित–अनूदित रूप पुस्तकमा समेटिएको छ ।

Comments

KATHMANDU WEATHER