- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिरदेखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् ।
जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिए ।
चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थानीय पशी शेर्पाले बताए । पिके मावि लोदिङ्का प्रधानाध्यापक चेतबहादुर मगरका अनुसार चिसोका कारण पठनपाठनमा असर गर्ने भएपछि विद्यालयले सोहीअनुसार पात्रो तयार गरेर जाडो विदाको निर्णय गरेको हो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments