Loading...
Logo
Image

काठमाडौंबाट रक्तचन्दनसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौंबाट दुई जनालाई रक्तचन्दनसहित पक्राउ गरेको छ । उनीहरूलाई बुधबार बिहान बोरामा प्याक गरिएको रक्तचन्दनसहित पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती दुई जनालाई काँडाघारीबाट पक्राउ गरेको हो । यद्यपि, प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER