- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर सङ्घको सहआयोजनामा बुधबार पुर्ख्यौली नाच प्रतियोगिता गरिएको हो ।
विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका–३ मुना पुर्ख्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका–८ को काफलडाँडा पुर्ख्यौली समूह द्वितीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेता समूहलाई नगद ३५ हजार एक सय र उपविजेतालाई नगद २० हजार एक सयको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा सहभागी बिम पुर्ख्यौली समूह, ओखोरबोट पुर्ख्यौली समूह, निस्कोट पुर्ख्यौली समूह, पाखापानी पुर्ख्यौली समूह, चिमखोला पुर्ख्यौली समूह र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको पुर्ख्यौली समूहलाई आठ हजारको दरले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
लोक संस्कृतिको उर्वर भूमिका रुपमा परिचित म्याग्दीमा केही वर्ष अघिसम्म प्रत्यक्ष दोहोरी ओझेलमा पर्दै आए पनि यस पटकको महोत्सवमा भने सहभागीको सङ्ख्या बढेको छ भने लोकदोहोरीको रौनक बढेको छ । महोत्सवमा विभिन्न १६ समूहले प्रत्यक्ष लोकदोहोरी प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्लाभित्रका साथै बाहिरबाट समेत प्रत्यक्ष दोहोरीका लागि कलाकारको समूह महोत्सवमा आइपुगेका छन् । पुरानो संस्कृतिको रूपमा रहेको प्रत्यक्ष दोहोरीले महोत्सवमा आउने दर्शकको आकर्षण बढाएको छ । प्रत्यक्ष दोहोरीमा कलाकारको घम्साघम्सीले बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाको ध्यान तानेको छ ।
परम्परागत मेला जात्राको मुख्य मनोरञ्जनको माध्ययम बनेको प्रत्यक्ष दोहोरीलाई जोगाउन र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताए । 'लोकदोहोरी गीत प्रतियोगिता महोत्सवकै मुख्य प्रतियोगिताको रुपमा रहेको छ । आयोजकले कलाकारलाई खाली हात फर्कन नपर्ने गरी पुरस्कारको व्यवस्था गरेको कारण पनि टाढाटाढाबाट सहभागी हुन कलाकार आउनुभएको छ', उनले भने ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख एक हजार, एक सय, द्धितिय हुनेलाई नगद ६१ हजार एकसय, तृतीय हुनेलाई नगद ३० हजार एक सय र सान्त्वना हुनेलाई नगद १५ हजार एक सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरि गायक/गायिकालाई नगद दुई हजार पाँच सय नगद पुरस्कारका साथै कलाकारलाई भक्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । चर्चित राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिलाई समावेश गरिएको महोत्सवमा भजन, रत्यौलीलगायतका प्रतियोगितालाई समावेश गरिएको छ ।
रासस
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments