- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
किवीको बिरुवा बिक्री गरेर डँडेल्धुराको आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।
थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन् । फार्मबाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी ६ प्रजातिका किवीको बिरुवाउत्पादन तथा बिक्री भइरहेको छ ।
उनले आलिताल –२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गरेका छन् । लामिटुडास्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्नासमेत उत्पादन गरिरहेको बताए । फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिए ।
किसानहरूको मागअनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रतिबोट एक सय ५० का दरले बिक्री गरिरहेको उनले जानकारी दिए । डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेको छन् । किवीको बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए । बेर्ना बिक्री गरेरै वार्षिक पाँच लाख आम्दानी गरिरहेको थापाले आफूले किवीखेती सुरु गर्दा प्रतिबोट पाँच सयका दरले किनेर लगाएको बताए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments