- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
म्याग्दीको सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुदारा निरास बनेका छन् । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आएका उनले सोचेअनुरूप सामान बिक्री गर्न सकेका छैनन् ।
गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए । 'केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्याउनै कठिन हुने गर्थ्यो, मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको एक साता भइसक्यो, ठेका र मदानीको बिक्री उत्तिधेरै भएको छैन', उनले भने ।
गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लाष्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने सीप र पेसा सङ्कटमा पर्न थालेको छ । काठको ठेकामा गाईभैँसीको दूध, दही र मोही सङ्कलन गरिन्छ भने ठेकीलाई दूध दुहुन प्रयोग गरिन्छ । पछिल्लो समय काठका ठेकाको विकल्पमा धातुबाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ ।
गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकालाई तीन हजारदेखि १५ हजारसम्म मूल्य पर्ने गर्छ । बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेका, मदानी, ठेकी, पुङ, पुचाईसँगै सजावटका लागि साना ठेकीका सामान बनाउँदै आएका छन् । अहिले ६० वर्ष पुगेका चुदाराले आफूले २० वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा ठेका बनाउन थालेको बताए ।
‘बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेसालाई सरकारी तवरबाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्, मेरा छोराहरूले पनि अन्य पेसा र रोजगारी गर्न थालेका छन्, हामी पछि गाउँमा यसरी ठेका बनाउने मानिस भेटिदैन', चुदाराले भने ।
चुदारा म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघेसङ्क्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका ठेकाठेकीका सामान बिक्री गर्न आउने गरेका छन् ।
रासस
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments