Loading...
Logo
Image

पाथीभरा केबलकार निर्माण विवादमा झडप

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा शनिबार पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन् ।

प्रहरीसँगको झडपमा घाइते हुनेहरूमध्ये यामबहादुर लिम्बू, मंगल लावती, सगुन लावती र धर्म पालुङ्वालाई विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि ल्याइएको छ । मंगल लावतीको अवस्था समान्य रहँदा गोली लागेका अन्य तीन जनाको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा ल्याइएको हो ।

Comments

KATHMANDU WEATHER