- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो ।
माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा. अच्युत आचार्यले जानकारी दिए । किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उनको भनाइ छ । किसानले पशु तथा कृषिसम्बन्धी जानकारी लिनुपरे पैसा नलाग्ने नम्बर १८१०–५०००–११६ मा फोन गर्न सक्नेछन् ।
आचार्यले भने, 'जैमिनी भौगोलिक हिसाबले ठूलो छ, बाली तथा पशु चौपायामा केही समस्या आए तत्काल ‘फिल्ड’मा पुग्न नसकिने अवस्थामा किसानले हामीलाई फोन गर्नु हुनेछ, नगरपालिकाबाट प्राविधिकले समस्या बुझेर तत्काल समाधानको उपाय बताउनेछन्, अहिले हामीले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेका छौँ, अब छिट्टै २४सै घण्टा सेवा दिनेगरी तयारी गरिरहेका छौँ ।'
किसानले प्राविधिक सेवा नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको हुँदा नगरपालिकाले ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको नगर उपप्रमुख हरिहर शर्माले बताए । किसानको समस्या समाधान गर्न एकै स्थानबाट पालिकाभरिका कृषकलाई टेलिफोनका माध्यमबाट प्राविधिक ज्ञान, सल्लाह सुझाव प्रदान गर्ने उनको भनाइ छ ।
किसान ‘कल सेन्टर’ स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय नै धाउन नपर्ने शर्मा बताउँछन् । किसान कल सेवा स्थापना भएपछि विषय विज्ञहरूबाट कृषि तथा पशुसम्बन्धी सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्या तथा क्षति समाधानका उपाय, सूचना एकै ठाउँबाट उपलब्ध हुने उपप्रमुख शर्माले जानकारी दिए ।
रासस
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments