Loading...
Logo
Image

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगेको आरोपमा थप २ जना पक्राउ

परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त, गौशालाले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।

दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर एक महिना अघिबाटै अनुसन्धान गरिरहेको भए पनि हालै मात्र थाहा भएको हो । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेको खुलेको छ ।

प्रहरीका अनुसार, अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा १४ माघ २०८० मै प्रहरी कहाँ जाहेरी परेको थियो । त्यसबेलै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएपनि आरोपीहरु पक्राउ परेका थिएनन् । २६ भदौ २०८१ मा फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर खोजतलास गरिएको भेटिएको छ ।

Comments

KATHMANDU WEATHER