Loading...
Logo
Image

के माइक्रोसफ्टले टिकटक किन्न लागेको हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी कारोबार किन्न सक्ने संकेत गरेक छन् । टिकटक किन्न हुने बिडिङको होड आफूले हेर्न चाहेको ट्रम्पले उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार ट्रम्पलाई के माइक्रोसफ्टले अमेरिकामा टिकटक किन्ने विषयमा कुराकानी भइरहेको हो भन्ने प्रश्न सोधिएको थियो । यसमा उनको जवाफ थियो, 'हो भन्छु । टिकटकमा धेरै चासो छ ।'

अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसमा टिकटकलाई ७५ दिनको समय दिइएको थियो । उक्त अवधिमा टिकटक अमेरिकी कम्पनीलाई बेच्नुपर्ने उल्लेख छ । त्यसो नभए प्रतिबन्ध लाग्नेछ ।

Comments

KATHMANDU WEATHER