Loading...
Logo
Image

मेडिकल सञ्चालक दम्पत्ति लागुऔषध सहित पक्राउ

लागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

मेडिकल पसलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली  खटिएको थियो ।

उक्त टोलीले पसलभित्र खानतलासी गर्दा कार्टुनमा लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल सञ्चालक धरान–३ का ४१ वर्षीय सुरज बनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो ।

Comments

KATHMANDU WEATHER