Loading...
Logo
Image

सरकारले निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता तोक्यो

सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकले अब निर्वाह भत्ता उपलब्ध गराउन निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सोमबार राति संयुक्त हस्ताक्षर गरी सार्वजनिक गरेको निर्णयमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई दिइने निर्वाह भत्ताको व्यवस्था गरिएको हो ।

उनीहरूले आवासीय चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गर्दै सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेका छन् । जसअनुसार निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष कम्तीमा २५ हजार, दोस्रो वर्ष कम्तीमा ३० हजार र तेस्रो वर्ष कम्तीमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । यो व्यवस्था शैक्षिक सत्र २०८१/८२ देखि नै लागू हुने उल्लेख छ ।

Comments

KATHMANDU WEATHER